निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ १ बुधबार
  • Wednesday, 17 August, 2022
राजेश राजागोपालन
२०७९ श्रावण १९ बिहीबार ०८:१६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिका–चीन प्रतिस्पर्धाको आयतन

Read Time : > 2 मिनेट
राजेश राजागोपालन
२०७९ श्रावण १९ बिहीबार ०८:१६:००

ताइवान संकट आगामी द्विध्रुवीय शीतयुद्धको प्रस्थानबिन्दु हुने संकेत देखिएको छ । अहिलेको सन्दर्भमा ताइवान संकटको समाधान जसरी भए पनि विश्व फेरि महाशक्तिबीचको वर्चस्वको दौडमा फस्ने स्थितिमा पुगेको छ । द्विध्रुवीय प्रणाली संसारमा दुई राष्ट्र–राज्यहरूको लगभग समान सैन्य, सांस्कृतिक र आर्थिक प्रभाव हुनेछ । यस्तो संसार र यसका सर्त वर्तमान अमेरिका नेतृत्वको एकध्रुवीय विश्वको भन्दा फरक हुनेछ । 

अघिल्लोपटक विश्व अमेरिका र सोभियत संघबीचको द्विध्रुवीय प्रणालीमा फसेको थियो । यी दुईबीचको अघिल्लो शक्ति संघर्ष र आजको द्विध्रुवीय दौडबीच केही समानता केही भिन्नता छन् । दुई परिस्थितिबीच रहेका कम्तीमा तीन समानता र तीन भिन्नताको यहाँ चर्चा गरिएको छ । पहिलो समानता, अघिल्लो शीतयुद्धले झैँ यसपटकको संघर्षले पनि विश्वलाई विभाजित गर्नेछ र कैयौँ अन्तर्राष्ट्रिय मुद्दा यसको घानमा पर्नेछन् । केही देशले एक पक्ष लिनेछन् भने अन्य अर्को पक्षमा लाग्नेछन् । तटस्थताको विषय पुनः उठ्नेछ, जुन दुई डुंगामा सवार हुनुजस्तै हुनेछ । जसमा दुवै पक्षबाट फाइदा लिन कहिले एक डुंगामा जाने, कहिले अर्कामा जाने क्रम रहनेछ । यस्तो फाइदा लिने मुलुकले एक शक्तिलाई अर्काविरुद्ध प्रयोग गर्ने अभ्यास पनि यदाकदा देखिनेछ ।

पहिलो शीतयुद्ध पुँजीवादी गुट र समाजवादी गुटबीच भएजस्तै अहिले पनि चीनलाई अधिनायकवादी विश्व वा सम्प्रभुतामा जोड दिने विश्वको नेता र अमेरिकालाई प्रजातन्त्रवादी मुलुकको नेताका रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको छ । अर्थात् वैश्विकस्तरमा शक्तिराष्ट्रबीचको संघर्षलाई वैचारिक संघर्ष देखाउने प्रयास हुनेछ । दोस्रो समानता भनेको दुई ध्रुव्रमा रहने दुई महाशक्तिबीचको दूरी बढ्दै जानेछ । अघिल्लो शीतयुद्धमा अमेरिकी गुट र सोभियत गुटबीच एकदम कम आर्थिक वा अन्य सम्बन्ध थियो । तर, आज विश्वव्यापी अर्थतन्त्रमा अमेरिका र चीन नजिक छन् । तर, अहिले जेजस्तो स्थिति भए पनि त्यसले कुनै फरक पार्दैन । यो अवस्था परिवर्तन हुनेछ र अहिले नै त्यो परिवर्तन देखिन थालिसकेको छ । वर्चस्वको दौडमा रहँदा एकअर्काप्रतिको हालको अन्तरनिर्भरता कम गर्दै जानुपर्छ । शंका, असमझदारी, संकीर्ण स्वार्थले व्यापार र अन्य सम्बन्धलाई असर गर्नेछ । यस्तो स्थितिलाई कुनै माध्यमले पनि रोक्न सकिँदैन । 

ध्रुवीकरण बढ्दै गएर कम्तीमा दुई प्रतिस्पर्धी अन्तर्राष्ट्रिय आर्थिक ब्लक निर्माण हुनेछन्, जसले आ–आफ्नो परिधिमा एकअर्कासँग लेनदेन त गर्लान्, तैपनि दुई आर्थिक गुट एक–अर्काबाट धेरै हदसम्म स्वतन्त्र रहनेछन् । यो विभाजन हामीले पछिल्लो शीतयुद्धको समयमा देखेको स्तरमा नपुग्न पनि सक्छ । तर, यो महाशक्तिबीच प्रतिस्पर्धाको फरक विषय हो ।तेस्रो समानता आणविक सन्तुलनको क्षेत्रमा देखिनेछ । शीतयुद्धमा स्वाभाविक रूपमा आणविक हतियारको दौड बढ्ने जोखिम हुन्छ, तैपनि त्यो ‘शीतयुद्ध (भनाभन, डर धम्की) को’ स्तरमा मात्र सीमित हुनेछ । केही मानिस चीन र अमेरिका मुडभेडतर्फ अघि बढ्दै गएको भन्दै चिन्तित छन् । तर, परमाणु युद्धको सम्भावनाले उनीहरूबीच युद्धकै सम्भावना कम छ । किनकि, आणविक युद्धबाट सबैभन्दा बढी प्रभावित तिनै दुई देश हुने भएकाले उनीहरू युद्धबाट टाढै रहनेछन् । यही कारणले अमेरिका र सोभियत संघबीच युद्ध भएन । शीतयुद्धको सुरुमा विशेषगरी मिसाइल संकट शिखरमा हुँदा अमेरिका र सोभियत संघले ठूलो संयम देखाएका थिए । त्यस समयले विश्व नेताहरू ठूलो तनाव झेलेर पनि युद्धबाट सकेसम्म पन्छिन्छन् भनेर देखाएको थियो । 

अब भिन्नताको चर्चा गरौँ । अमेरिका र सोभियत संघबीचको शीतयुद्ध र चीन र अमेरिकाबीच हुने सम्भावना देखिएको शीतयुद्धबीच सबैभन्दा महत्वपूर्ण भिन्नता भनेको आजको शक्तिको समीकरण पहिलो शीतयुद्धको समयमा भन्दा बढी सन्तुलित देखिनु हो । सोभियत संघ र अमेरिकाको अर्थतन्त्रबीच जति खाडल थियो, अहिलेका प्रतिद्वन्द्वी चीन र अमेरिकाको अर्थतन्त्रमा त्यति छैन । अर्थतन्त्रसँगै चीनले पछिल्लो समय उसको सैन्य शक्ति पनि छिटो–छिटो बढाइरहेको छ । यसले प्रतिस्पर्धाको प्रकृतिलाई असर गर्नेछ र चीनलाई अमेरिकाका लागि अझ शक्तिशाली प्रतिद्वन्द्वी बनाउनेछ । 

दोस्रो भिन्नता सोभियत संघ र चीनको अवस्थितिमा भेटिन्छ । फरक भूगोलले प्रतिस्पर्धाको तीव्रतालाई प्रभावित बनाउँछ । पहिलो शीतयुद्धको रणभूमि युरोप बनेको थियो, अहिले इन्डो–प्यासिफिक क्षेत्र संघर्षको केन्द्र हुने सम्भावना बढेको छ । युरोपको द्वन्द्व स्पष्ट रूपमा विभाजित थियो । जर्मनीमा अलि भिन्न अवस्था थियो । तर, इन्डो–प्यासिफिक क्षेत्र, विशेषगरी दक्षिणपूर्वी एसिया धेरै खुला भएकाले त्यहाँ जोकोही हाबी हुन सक्छन् । त्यस भेगका अधिकांश मुलुकको अर्थतन्त्र सानो भएकाले उनीहरू सजिलै जोकोहीतर्फ झुक्न सक्छन् । ती मुलुकसँगको निकटताले चीनलाई खतरा पुर्‍याउँछ भने अमेरिकाले ती मुलुकमा खेल्ने प्रयास गर्नेछ । 

तेस्रो भिन्नता भनेको चीन उदीयमान प्रतिद्वन्द्वी हो । अर्थात् उसको तुलना पहिलो शीतयुद्धको सोभियत संघभन्दा पनि नेपोलियन नेतृत्वमा रहेको फ्रान्स र २०औँ शताब्दीको पहिलो आधा समयको जर्मनीको जस्तै छ । अझै विकास गर्ने प्रशस्त ठाउँ भएका उदीयमान मुलुक (यस सन्दर्भमा चीन) विगतको सोभियत संघभन्दा बढी उग्र र आक्रामक बन्ने सम्भावना हुन्छ । यसले गम्भीर चुक र दुर्घटनाको जोखिम पनि बढाउँछ । विश्वले यी भिन्नता र समानताबाट सिक्न सके भने दोस्रो शीतयुद्धमा विनाशकारी युद्ध टार्न सकिन्छ । 
द प्रिन्टबाट(राजागोपालन भारतको प्रतिष्ठित जेएनयूको अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक हुन्)