मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format o८:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खेलकुद ऐन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल भएन : घिसिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:o९:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेलकुदसम्बन्धी ऐन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल नभएको बताएका छन् ।सदस्यसचिव घिसिङले यही कारण प्रदेश र केन्द्र सरकारबीच ऐन बाझिँदा कार्यान्वयनमा समस्या भइरहेको जनाए ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एनएसजेएफ एकेडेमीले बुधबार आयोजना गरेको स्पोटर््स डाइलगको पहिलो शृंखलामा सदस्यसचिव घिसिङले यस्तो बताएका हुन् । ‘केन्द्र र प्रदेशका ऐन बाझिँदा खेल संघहरूलाई कठिनाइ भइरहेको छ,’ सदस्यसचिव घिसिङले भने, ‘ऐन जारी भएको दुई वर्षभित्र निर्वाचन हुनुपथ्र्याे, तर समयमा नियमावली बन्न नसक्दा त्यो हुन सकेन ।’ राष्ट्रिय संघका समस्या समाधान गर्न आफू अग्रसर रहेको पनि बताए । 

नियमावली समयमा बन्न नसक्दा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ जारी भएको लामो समय बिते पनि कार्यान्वयनमा समस्या भइरहेको छ । ‘ऐन बनाउने निकायले सम्बन्धित निकायसँग आवश्यक छलफल नगरी ऐन बनाएको प्रस्ट देखियो, ऐन बनाउँदा केही मान्यता नअपनाइँदा कार्यान्वयनमा जटिलता आएको हो,’ उनले भने, ‘खेलमा मात्र होइन, अन्य क्षेत्रमा पनि यस्ता समस्या छन्, तथापि, समाधानको बाटोतर्पm प्रक्रिया अगाडि बढाइसकेको छु ।’ ऐन बनेको दुई वर्ष बितिसक्दा पनि खेल संघका निर्वाचन हुन नसक्नु विडम्बना भएको उनले जनाए । सदस्यसचिव घिसिङले संघलाई वैधानिक बनाउने पक्षमा लागिरहेको बताए ।