निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ९ आइतबार
  • Sunday, 25 September, 2022
२०७९ श्रावण १८ बुधबार २१:२७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धरानका मेयरको उजुरीपछि बराह सहकारीपीडित संघर्ष समितिका प्रवक्ता पक्राउ

Read Time : > 1 मिनेट
२०७९ श्रावण १८ बुधबार २१:२७:००

बराह सहकारीपीडित संघर्ष समितिका प्रवक्ता प्रदीप बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले बुधबार उनलाई पक्राउ गरेको हो । 
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र प्रवक्ता बाँस्तोलाविरुद्ध आफ्नो कार्यालय तोडफोड तथा आफूविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीमा सोमबार जाहेरी दिएका थिए । प्रहरीले जिल्ला अदालत सुनसरीबाट मंगलबार पक्राउ अनुमति पाएपछि उनीहरूको खोजी सुरु गरेको थियो । बाँस्तोलालाई धरानबाटै प्रहरीले पक्राउ गरेको हो । संयोजक नेपालीलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार मेयर साम्पाङले राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको र सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको भनेर जाहेरी दिएका छन् । 
गत आइतबार बराह बचत तथा ऋण सहकारीको बचतकर्ताहरूको रकम हिनामिना भएको विषयमा छानबिन समितिको बैठकमा पीडितहरूलाई मेयर साम्पाङले मलाई सोधेर पैसा राखेको हो र ? भनेपछि पीडितहरू आक्रोशित भएका थिए । 
मेयर साम्पाङकै कारण आक्रोशित भिडले मेयर साम्पाङविरुद्ध नाराबाजी, गालीगलौजसँगै उहाँको कार्यकक्षको सिसा तोडफोड भएको थियो । आन्दोलनमा सयौँ व्यक्तिहरूको सहभागिता रहेको थियो ।  बराह सहकारीबाट मागेर खानेदेखि प्रहरी, चिकित्सक, गृहणी, भूपू सैनिक, पत्रकार, कर्मचारीलगायत पीडित छन् । १५ हजारदेखि ३ करोडसम्म बचत गरेको पैसा पीडितहरूले लिन पाएका छैनन् । 
बराह ऋण तथा बचत सहकारीले बचतकर्ताहरूले राखेको करिब ८ अर्ब रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले संघर्ष समिति बनाएका थिए । बराहबाट पीडित ८ सय ८८ सेयर सदस्यको रूपमा हिसाब देखाएको छ । पीडितमध्येकै ८ हजार ७०० भन्दा बढीलाई भने सेयर सदस्यमा समेत राखेका छन् । 
सहकारीहरूले सेयर सदस्यहरूसँग मात्र कारोबार गर्न पाउँछन् । तर, बराहले नियतवश उनीहरूलाई सेयर सदस्य नै नबनाई कारोबार गरेको देखिन्छ । बराह ग्रुपको नाममा बराहले धरान, भेडेटार, चितवन, काडमाडौं, पोखरा, हङकङलगायत स्थानमा व्यवसाय गर्दै आएको छ । पछिल्लो समय  बचतकर्ताको पैसा अन्य व्यवसायमा लगानी गरेपछि बचतकर्ताको रकम बराहले फिर्ता गर्न सकेको छैन ।