१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका नयाँदिल्ली
Invalid date format १४:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँदिल्ली
नयाँ पत्रिका
Invalid date format १४:५o:oo

पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

नयाँदिल्लीको दिनदयाल मार्गस्थित भारतीय जनता पार्टीको कार्यालयमा बुधबार बिहान भएको एक घन्टा लामो भेटमा नेपाल–भारत दुई देश तथा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउनेलगायतका विषयमा छलफल भएको थियो । त्यस अवसरमा कांग्रेस पूर्वउपसभापतिसमेत रहेका निधिले रामजन्मभूमि अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका पदाधिकारीसँगको बैठक उपलब्धिमूलक भएको बताएका थिए। 

यसले दुई देशबीच रहेको आदिकालदेखिको सम्बन्धलाई सबै क्षेत्रमा दीर्घकालीन रूपमा थप बलियो बनाउने निधिले विश्वास व्यक्त गरे। चौथाइवालेले राम मन्दिरमा धनुष राख्ने काम महत्वपूर्ण हुने भन्दै यसले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। गत शुक्रबार अयोध्या पुगेका निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्यसमितिमा छलफल गरी सहमति गराउने वचन दिएका थिए ।