Skip This
सप्तकोसी बस्ती पसेपछि बेहाल, पशुचाैपायासहित सयाैँले गाउँ छाडे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १८ बुधबार
  • Monday, 17 June, 2024
२o७९ श्रावण १८ बुधबार १o:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सप्तकोसी बस्ती पसेपछि बेहाल, पशुचाैपायासहित सयाैँले गाउँ छाडे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १८ बुधबार १o:३३:oo

उदयपुरको बेलका नगरपालिका– ८ डुम्रिबोटेमा पर्ने लाहुरखोँचबाट बाँध भत्काएर सप्तकोसी नदी बस्ती पसेपछि गाउँलेको भागाभाग भएको छ । लगातारको वर्षासँगै बुधबार बिहान २ बजेतिर सप्तकोसीको बाढी बस्ती पसेपछि गाउँलेको बिचल्ली भएको हो ।

बेलका नगरपालिका– ३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले ठूलो भंगालो बस्ती बस्दा धेरैको बिचल्ली भएको बताए । ‘हामीले हिजैदेखि सुरक्षित स्थानमा सर्न गाउँलेलाई अनुरोध गरेका थियौँ । राति एक्कासि ठूलो भंगालो बस्ती पस्न थालेपछि धेरैको बिचल्ली भयो,’ आचार्यले नयाँ पत्रिकासँग भने ।

गएको ५ असारदेखि कोसीमा पानीको बहाव बढेसँगै कटान बढेको थियो । उनले भने, ‘जहाँबाट अहिले सप्तकोसी मानवबस्तीमा पसेको छ, त्यहाँ ०४५ सालमा कोसी बगेको थियो । पछि मानिसहरूले त्यहाँ घर बनाए ।  ३४ वर्षपछि नदी फेरि त्यही ठाउँबाट बग्न सुरु भएको छ ।’ 

नदी बस्ती पस्दा झन्डै दुई सय परिवार विस्थापित भएका छन् । यकिन तथ्यांक अझै संकलन भइसकेको छैन । 
 

ad
ad
ad
ad