१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १७ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १७ मंगलबार २o:३७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तनहुँ र नुवाकोटका विद्यालयलाई भारतीय सहयोग, विद्यालय भवन बनाउने काम सकियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १७ मंगलबार २o:३७:oo

भारत  सरकारको अनुदान सहयोगमा तनहुँ र नुवाकोटमा दुई विद्यालय भवनको निर्माणकार्य सकिएको छ। तनहुँको घिरिङ गाउँपालिकामा रहेको दीपक माध्यमिक विद्यालयको नवनिर्मित भवन भारतीय राजदूतावासका प्रथम सचिव डा.साहिलकुमार र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरेका छन्।

भारतीय सहयोगमा निर्मित नुवाकोटको त्रिभुवन त्रिशूली माविको भवन भारतीय दूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्रविक्रम सिंह ठकुरीले उद्घाटन गरेका हुन्। भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरूमध्येका हुन्।

दुवै विद्यालय नेपाल भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत भारतीय आर्थिक सहयोगमा निर्माण भएको भारतीय राजदूतावासले जनाएको छ। तनहुँको विद्यालय दुई करोड १ लाख ९० हजार रुपैयाँको लागतमा सामुदायिक विकास परियोजनाको रूपमा निर्माण भएको हो । नुवाकोटको विद्यालय दुई करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको भारतीय राजदूतावासको विज्ञप्तिमा उल्लेख छ। 

तनहुँको दीपक मावि सन् १९७५ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको थियो।  विद्यालय सन् २००० मा माध्यमिक विद्यालयको रूपमा स्तरोन्नत भएको हो। उक्त विद्यालयमा १८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन्। नुवाकोटको विद्यालय सन् १९५१ मा स्थापना भएको हो। त्रिशूली जलविद्युत् परियोजनाका लागि नेपाल आएका भारतीय इन्जिनियर  केआई सिंहले  विद्यालयको डिजाइन गरेको भारतीय राजदूतावासले जनाएको छ।  विद्यालयमा १३४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन्।  

यी विद्यालयसहित भारतले सन् २००३ यता  नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ। यीमध्ये स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन्। तीमध्ये तनहुँ जिल्लाका ६ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन्।