१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
कालोपत्रे गरिएको दुई वर्षमै उप्किएर पोखरी बनेको दोलखा–सिँगटी सडकको क्षमावती खण्ड। 
Invalid date format १९:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बनेको दुई वर्षमै भत्कियो दोलखा-सिंगटी सडक 

पोखरीमा डुबुल्की मार्दै दौडिन्छन् सवारीका साधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४o:oo

सडक विभागले ७० करोड रूपैयाँ खर्चेर कालोपत्रे गरेको दोलखा–सिँगटी सडक काम सकिएको दुई वर्ष नहुँदै भत्किएर अस्तव्यस्त बनेको छ। जिल्लाको उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग दोलखा–सिँगटी सडकमा गरिएको कालोपत्रे निर्माण सम्पन्न भएको दुई वर्ष नबित्दै भत्किएको हो। 

कालोपत्रे भत्किएर बनेका दर्जनौँ पोखरीमा डुबुल्की मार्दै सवारी सञ्चालन हुँदा यात्रुले हदैसम्मको सास्ती व्यहोर्नुपरेको छ। सडक विभागले छुट्टै आयोजना बनाएर  २०७३ साल असोजमा ३५ किलोमिटर लामो यो सडक कालोपत्रे गर्न ठेक्का लगाएको थियो। 

सडक निर्माणको ठेक्का पाएको कम्पनीले दुई वर्षअघि कालोपत्रे गरेर डिभिजन सडक कार्यालय चरिकोटलाई हस्तान्तरण गरेको थियो। तर, डिभिजन सडक कार्यालयले उक्त सडकको मर्मत तथा व्यवस्थापनमा चासो नदिएपछि  तहसनहस हुने गरी भत्किएको छ।  

अहिले कालोपत्रे गरिएका प्रायः सबै मोडमा ठूला ठूला खाल्डा परेका छन्। दोलखा बजारदेखि सिँगटीसम्मका झन्डै दुई सयभन्दा धेरै ठाउँमा ठूलासाना खाल्डा परेका छन्। वर्षातको पानीले ती खाल्डामा पानी जमेका छन्। एकाध वर्षमै सडक भत्किएपछि यसको गुणस्तरबारे आशंका उब्जेको छ। 

स्थानीय बासिन्दाका अनुसार सडक यही गतिमा भत्कँदै गए ६ महिनामै कतै पनि कालोपत्रे बाँकी रहनेछैन। दोलखा बजारको डिलबाट उकालो चढेपछि चार्थली हुँदै राम्पासम्म पुग्दा सडकका कतिपय स्थानमा फराकिला खाल्डा देखिन्छन्। यस्तै, कुथली, क्षमावती, सुन्द्रावती, सुनखानी, बन्चरेलगायत स्थानमा पनि कालोपत्रे उप्किएर अस्तव्यस्त बनेको छ। सडक अस्तव्यस्त हुँदा यात्रुदेखि सवारीसाधनमा समेत ठूलो क्षती पुग्ने गरेको भीमेश्वर वितरक संघका पूर्वअध्यक्षसमेत रहेका दोलखाका व्यवसायी विवेक केसीले बताए। उनले सडकको यो अवस्था हुँदा डिभिजन सडक कार्यालय कानमा तेल हालेर बसेको आरोपसमेत लगाएका छन्।