१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १७ मंगलबार
  • Monday, 30 June, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १७ मंगलबार १६:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घट्यो, नेपालमा पनि घट्नुपर्छ : प्रेम सुवाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १७ मंगलबार १६:२१:oo

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटे पनि नेपाली बजारमा नघटाइएकोप्रति आपत्ति जनाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद सुवालले पेट्रोलको मूल्य घटाउन माग गरेका हुन्।

उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घट्यो, तर नेपाली बजारमा घटेको छै, घट्न जरुरी छ।’ नेपाल आयल निगमको सञ्चित नोक्सानी ३१ अर्ब पुगेको उल्लेख गर्दै उनले यस्तो वेलामा समेत सरकारले पेट्रोलियमको विकल्पबारे सोच्न नसकेको बताए।

भारतलाई विद्युत् बेच्नुभन्दा नेपालीलाई नै सस्तोमा दिन आवश्यक रहेको सुवालको भनाइ छ। भारतले आफ्नो लगानी भएको बिजुली मात्र नेपालबाट किन्ने योजना सार्वजनिक भइरहेको भन्दै उनले यसबाट भारतले नेपाललाई आफ्नो कब्जामा राख्न चाहेको स्पष्ट भएको दाबी गरे।

‘सरकारले भारतलाई बेचेको तीन सय ६४ मेगावाट बिजुलीबाट १६ अर्ब आम्दानी भएको बतायो। बिजुली भारतलाई बेच्नुभन्दा नेपालीलाई सस्तोमा खाना पकाउन उपलब्ध गराएको भए खाना पकाउने ग्यास भारतबाट आयातमा भइरहेको नोक्सानी परिपूर्ति हुने होइन र ? सरकारसँग सदबुद्धि कहिले आउने हो ?’ सुवालले भने, ‘भारतले आफ्नो लगानी भएको बिजुली मात्र नेपालबाट किन्ने भन्ने योजना सुनियो । यो सत्य भए भारतले नेपाललाई आफ्नो कब्जामा राख्न चाहेको स्पष्ट हुन्छ ।’