मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ श्रावण १७ मंगलबार ११:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ का मुख्यमन्त्रीदम्पती र राजनीतिक सल्लाहकारलाई कोरोना

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ श्रावण १७ मंगलबार ११:२९:००

प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राई, पत्नी र राजनीतिक सल्लाहकारलाई कोभिड संक्रमण भएको छ । १६ साउनमा सचिवालय र निवासका कर्मचारी र परिवारका सदस्यको पिसिआर परीक्षण गराउँदा मुख्यमन्त्री राई, पत्नी शोभा र राजनीतिक सल्लाहकार जीवन राईलाई कोरोना संक्रमण भएको पृष्टि भएको हो । 

अचानक ज्वरो आउने समस्या देखिएपछि १६ साउनमा मुख्यमन्त्री राई र पत्नी शोभासहित सचिवालयका १६ जनाको पिसिआर परीक्षण गरिएकोमा तीनजनामा कोभिड संक्रमण पुष्टि भएको प्रेस सल्लाहकार बन्धु पोखरेलले बताए । 

हाल संक्रमण भएका सबैजनाको स्वास्थ्य अवस्था समान्य रहेको र उनीहरू सबै होमआइसोलेसनमा रहेको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए । प्रदेश १ को राजधानी विराटनगरलगायत आसपासमा केही दिनदेखि कोभिड संक्रमण बढ्नको थालेको छ। तर, कोभिड संक्रमण बढे पनि सर्वसाधारणले सुरक्षा सतर्कतामा चासो दिएका छैनन् । 

विराटनगर महानगरपालिकाले कोभिड संक्रमणलाई ख्याल गर्दै अनावश्यक घरबाट ननिस्कन र निस्किए पनि अनिवार्य मास्क प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सबैलाई अपिल गरेको छ ।