मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १६ सोमबार १६:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन सभामुखलाई बारको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १६ सोमबार १६:५४:००

नेपाल बार एसोसिएसनले संसदमा दर्ता गरिएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे सभामुखसँग छलफल गरेको छ । प्रदेश नम्बर १ र ५ का उपाध्यक्षबाहेकका उपत्यकामा उपस्थित बारका पदाधिकारीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरी महाभियोग प्रस्ताव अघि बढाउन आग्रह गरेको बारकी महासचिव अञ्जिता खनालले जानकारी दिइन् ।

‘हामीले सभामुखलाई महाभियोग प्रस्ताव अघि बढाउन अनुरोध गर्‍याैँ । उहाँले अबको अधिवेशनमा अगाडि बढाउने भन्नुभएको छ । नेपाल बारको चिन्ताको विषय संसद्को पनि चिन्ताको विषय हो भन्ने उहाँको भनाइ थियो,’ सभामुखको भनाइ उद्धृत गर्दै महासचिव खनालले भनिन् । आज दिउँसो साढे १ बजे सभामुखसँग बारले भेट गरेको हो । भेटमा संविधान र कानुनअनुसार जबरामाथिको महाभियोग प्रस्ताव अघि बढाउन आग्रह गरिएको उनले बताइन् । 

प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि १ फागुनबाटै प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए । लगत्तै कायममुकायमका रूपमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले न्यायालयको नेतृत्व गरिरहेका छन् ।