१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नयाँ पत्रिकामा आँखा शिविर

६० जना पत्रकार तथा कर्मचारीको आँखा जाँच

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:३५:oo

नेपाल पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठान शाखाको आयोजनामा एकदिने आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौं रेडियन्स डिस्ट्रिक ३२५ ‘जी’ र तेज आई केयरको सहयोगमा आइतबार कार्यालयमा शिविर सञ्चालन गरिएको हो ।शिविरमा पत्रकार र अन्य कर्मचारीहरूको आँखा, सुगर र ब्लड प्रेसर जाँच गरिएको थियो । लामो समय निरन्तर कम्प्युटरमा बस्दा आँखामा पार्न सक्ने असरलाई मध्यनजर गर्दै आँखा परीक्षण गरिएको हो ।

शिविरमा ६० जनाको आँखा जाँच गरिएको प्रतिष्ठान शाखाका अध्यक्ष भवानीश्वर गौतमले बताए । शिविरमा लायन्स क्लब अफ काठमाडौं रेडियन्स डिस्ट्रिक ३२५ ‘जी’का द्वितीय उपाध्यक्ष डा. रविन बस्नेत, डा. तेज्सुसिंह मल्ल र अप्थाल्मिक असिस्टेन्ट कबु श्रेष्ठले आँखा परीक्षण गरेका थिए । कम्प्युटरमा निरन्तर बस्दा आँखा पोल्ने, धमिलो महसुस हुने, आँखालाई थकाइ लागेको महसुस हुने, सुक्खा हुनेलगायतका समस्या देखिने डा. मल्लले बताए । यस्तो समस्याबाट छुटकारा पाउन वर्षमा एकपटक आँखा परीक्षण गर्न मल्लले सुझाव दिए । 

ad
ad