१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
क्याथरिन एच.ज्याकोबसेन
२o८१ जेठ ३ बिहीबार ११:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

‘पिएचइआइसी’ घोषणा गर्दैमा मंकीपक्सबाट नआत्तिऊँ

देश/परदेश

Read Time : > 2 मिनेट
क्याथरिन एच.ज्याकोबसेन
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:४६:oo

अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीमा सतर्कताको उच्चतम चासो भनेको अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्यसम्बन्धी संकटको घोषणा हो, तर यसको अर्थ महामारीको घोषणा होइन

राष्ट्र संघका सदस्य राष्ट्रले विश्व स्वास्थ्यलाई खतरामा पार्न सक्ने असामान्य रोगबारे जानकारी दिनु आवश्यक हुन्छ । कहिल्यै मंकीपक्स रोग नदेखिएका युरोप, अमेरिका र विश्वका अन्य भागमा यही मे २०२२ मा रोग देखिन थालेपछि यी क्षेत्रका मुलुकले राष्ट्र संघलाई मंकीपक्स संक्रमणबारे जानकारी दिए । 

प्रतिक्रियामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले विकसित भइरहेको संकटको अनुगमन गर्न एक मंकीपक्स आपत्कालीन समिति स्थापना गरे । समितिका सदस्यले २३ जुन २०२२ को पहिलो बैठकमा ‘बहुराष्ट्रिय प्रकोप’ स्थिर हुन सक्छ भनेर संज्ञान लिएका थिए, किनभने रोग सम्बन्धित मामिला धेरै राष्ट्रमा मत्थर भएको थियो । यद्यपि जुलाईमा धेरै राष्ट्रमा मंकीपक्सका धेरै मामिला सतहमा आएपछि यो प्रकोप स्थिर छैन भन्ने स्पष्ट भयो । टेड्रोसले २३ जुलाई २०२२ मा मंकीपक्सलाई अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्यसम्बन्धी संकटका रूपमा इंगित गरे । 

संक्रामक रोग महामारी विज्ञानमा विशेषज्ञता हासिल गरेको एक वैश्विक स्वास्थ्यको विशेषज्ञ हुनुको नाताले म अधिकांश मानिसलाई मंकीपक्सलाई लिएर चिन्तित हुन आवश्यक छैन भन्ने सुझाव दिन्छु । चिन्ताजनक लागे पनि डब्लुएचओको निर्णय कुनै डरलाग्दो चेतावनी होइन । बरु निर्णय मंकीपक्सको फैलावट नियन्त्रण गर्ने एक रणनीति हो ।

के हो अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्यसम्बन्धी संकट ? : अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली भनेर चिनिने नियमको संग्रहले डब्लुएचओ र राष्ट्र संघका सदस्य राष्ट्रलाई बढ्दो स्वास्थ्य खतरामा कसरी प्रतिक्रिया दिने भनेर निर्देशन दिन्छ । डब्लुएचओका महानिर्देशकले तीन सर्त पूरा हुँदा ‘अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्यसम्बन्धी संकट’ (पिएचइआइसी) घोषणा गर्न सक्छन् । पहिलो, रोगले निम्त्याएको अवस्था एक ‘असाधारण घटना’ हुनुपर्छ । दोस्रो, रोग अन्य राष्ट्रमा फैलिने जोखिममा हुनुपर्छ र अन्तिममा यदि परिस्थितिका लागि ‘सम्भवतः एक साझेदारीसहित विश्वव्यापी प्रतिक्रिया’को आवश्यकता पर्छ ।

डब्लुएचओले सन् २००५ यता प्रयोग गरेको पिएचइआइसीमा मंकीपक्सभन्दा पहिले पाँचवटा रोगलाई मात्र वर्गीकृत गरेको थियो । यी रोग यसप्रकार छन्– पहिलो, सन् २००९ मा भएको एचवानएनवान फ्लुको प्रकोप । दोस्रो, सन् २०१४ मा अफगानिस्तान, नाइजेरिया र पाकिस्तानमा भएको पोलियोको पुनरुत्थान । तेस्रो, सन् २०१४ मा गिनी, लाइबेरिया र सिएरालियोनमा फैलिएको इबोलाको महामारी र सन् २०१९ डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा भएको इबोलाको प्रकोप । चौथो, सन् २०१६ मा (उत्तर र दक्षिण) अमेरिकामा भएको जिका भाइरसको फैलावट र पाँचौँ, सन् २०२० को कोरोना महामारी । यी सबै घटना उल्लेखनीय हुँदाहुँदै पनि कोरोना भाइरस महामारी मात्रै विश्वव्यापी प्रलयमा परिणत भयो ।

मंकीपक्स किन अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्यसम्बन्धी संकट हो ? : डब्लुएचओका महानिर्देशकलाई मात्र पिएचइआइसी घोषणा गर्ने अधिकार छ, यद्यपि यो घोषणा तोकिएको आपत्कालीन समितिसँग परामर्श गरेपछि मात्रै गरिन्छ । मंकीपक्स आपत्कालीन समितिले २१ जुलाई, २०२२ मा दोस्रो बैठकपछि जारी गरेको प्रतिवेदनअनुसार बहुराष्ट्रिय मंकीपक्स प्रकोपले पिएचइआइसी जनाउने तीनवटै मापदण्ड पूरा गर्छ । ७० भन्दा बढी मुलुकमा भाइरसको तीव्र फैलावटले रोग विश्वस्तरमा थप फैलिन सक्ने देखियो । साझेदारीसहितको अन्तर्राष्ट्रिय प्रतिक्रियाको अभावमा खोपको उचित मूल्य र समन्यायिक वितरण हुने वा नहुनेमा समितिले चिन्ता व्यक्त गरेको थियो । 

उसो त ‘असाधारण’ एक अस्पष्ट शब्द, जसको परिभाषा अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीमा परिभाषित गरिएको छैन, तर परिस्थितिका केही पक्ष ‘असाधारण’ छन् भन्ने स्वीकार गरियो । यद्यपि अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्यसम्बन्धी संकटको घोषणालाई समितिका सबै सदस्यले समर्थन गरेका थिएनन् । केही सदस्यले पिएचइआइसीका रूपमा न्यून मृत्युदर भएको रोग किन समावेश गर्ने भनेर प्रश्न गरेका थिए । यसबाहेक अन्य सदस्यले समयौनिक सम्बन्ध राख्ने पुरुषमा मंकीपक्स रोग बढी देखिएकाले पिएचइआइसी वर्गीकरणले लैंगिक एवं यौनिक अल्पसंख्यक समूहलाई थप प्रताडित गर्न सक्छ भनेर चिन्ता व्यक्त गरेका थिए । आपत्कालीन समितिका नौ सदस्यले पिएचइआइसी घोषणाको विपक्षमा मतदान गरेका थिए र ६ सदस्यले पक्षमा मतदान गरेका थिए । यद्यपि टेड्रोसले औपचारिक रूपमा मंकीपक्सलाई पिएचइआइसीका रूपमा सूचीबद्ध गर्ने निर्णय गरे ।

अब के हुन्छ ? : पिएचइआइसी घोषणा गर्नुले एउटा उदीयमान रोगलाई विश्वव्यापी स्वास्थ्य संकटमा परिणत हुनबाट रोक्ने लक्ष्य राख्छ । मंकीपक्सका लागि डब्लुएचओका दुई प्रारम्भिक उद्देश्य छन् । पहिलो, रोग नफैलिएका सम्भावित जनसंख्यामा भाइरस फैलिनबाट रोक्न प्रयास गर्नु र दोस्रो, सबैभन्दा बढी आवश्यकता भएका राष्ट्र र जनसंख्यालाई खोप एवं एन्टिभाइरल औषधि उपलब्ध गराउनु ।

पिएचइआइसी घोषणापछि डब्लुएचओले अस्थायी सुझाव जारी गरेको छ, जसले मुलुकलाई कमजोर एवं प्रभावित जनसंख्यामा मंकीपक्सका मामिला कम गर्न, संक्रमित भएकाको स्वास्थ्य हेरचाह बढाउन र मंकीपक्सको खोप एवं उपचार सम्बन्धित अनुसन्धानलाई सहयोग गर्न आह्वान गरेको छ । अस्थायी सुझावले अन्तर्राष्ट्रिय यात्रा वा व्यापारमा कुनै रोक लगाएको छैन, यद्यपि आकस्मिकताबाहेक संक्रमित व्यक्ति वा संक्रमित नजिकका व्यक्तिलाई विदेश यात्रामा रोक लगाउन आह्वान गरेको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीमा सतर्कताको उच्चतम चासो भनेको अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्यसम्बन्धी संकटको घोषणा हो, तर यसको अर्थ महामारीको घोषणा होइन । संकटको घोषणा वैश्विक जनसंख्याको स्वास्थ्य रक्षाको एक संयन्त्र हो, न कि विश्व संकट भइसकेको घोषणा ।   

द कन्भर्सेसनबाट

(ज्याकोबसेन रिचमन्ड विश्वविद्यालयमा स्वास्थ्य शिक्षाकी प्राध्यापक हुन्) 

ad
ad