मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १५ आइतबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १५ आइतबार o६:४३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिताची ब्रान्डका चार नयाँ उत्पादन नेपाली बजारमा चाँडै आउने  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १५ आइतबार o६:४३:oo

 फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याक्युम क्लिनरको सुरुवात

नेपाली बजारमा हिताची ब्रान्डका चारवटा विभिन्न उत्पादन आउने भएको छ । कम्पनीले हिताची माइक्रोवेभ ओभनका चार मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजेरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर ल्याउने बताएको हो । 

हिताची र युनिभर्सल इलेक्ट्रोकमले आयोजना गरेको मिट एन्ड ग्रेट कार्यक्रममा यस्तो घोषणा गरिएको हो । रमेश कर्प संस्थाको शाखा युनिभर्सल इलेक्ट्रोकम प्रालि नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक हो । 

कार्यक्रममा एएचएसजीका प्रबन्ध निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार)का महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभाग (निर्यात व्यवसाय)का वरिष्ठ प्रबन्धक एलविन थाम उपस्थित थिए ।

कार्यक्रममा रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले भने, ‘हामी नेपालका सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्नेछौँ ।’ हिताचीले सम्पूर्ण उत्पादनहरूमा विशिष्ट गुणस्तर कायम राख्ने उनले बताए ।

त्यस्तै, हिताचीका प्रबन्धक निर्देशक चेन टेक बेङले हिताची होम एप्लायन्सले प्रत्येक घरलाई समृद्ध बनाउने विश्वास व्यक्त गरे । उनले भने, ‘रमेश कर्पसँगको हाम्रो व्यापार साझेदारीले हिताची होम अप्लाइन्सलाई नेपालका कुना–कुनामा विस्तार गर्दै, उत्कृष्ट सुविधा र प्रविधिका साथमा प्रत्येक घरलाई समृद्ध बनाउनेछ भनेर हामी दृढ विश्वास गर्छौँ ।’ 

कम्पनीका उत्पादनहरू सन् २०२२ को चौथो त्रैमासदेखि नेपाली बजारमा उपलब्ध हुने व्यवसाय विकास विभाग (निर्यात व्यवसाय)का महाप्रबन्धक तरुण 
जैनले बताए ।