मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १४ शनिबार २२:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महिलालाई कुटपिट गरी लुटपाट गर्ने पाँच पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १४ शनिबार २२:०२:००

काठमाडौं महानगरपालिका –७, चाबहिल सरस्वतीनगरस्थित सटर पसलमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलालाई लुटपाट गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका स्थायी घर भएकी ५३ वर्षीया  भीमकुमारी लिम्बूले पसलको सटर खोल्दा नाम, थर, वतन नखुलेका करिब २५/२६ वर्षका जस्ता देखिने तीनजना व्यक्तिहरू एक्कासि सटरभित्र प्रवेश गरी हात, खुट्टा कपडाले र मुखमा टेपले बाँधी कुटपिट गरी सुनको सिक्री, सुनको कुण्डल, फुली, औँठी र नगदलगायतका धनमाल लुटपाट गरेका थिए ।

घटना भएको सूचना पाउनासाथ प्रहरी बृत्त गौशाला, बौद्ध, मालीगाउँबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली परिचालन गरी अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरका २४ वर्षीय उत्तम गुरुङ, जोरपाटीका २२ वर्षीय भुपाल श्रेष्ठ, सिन्धुपाल्चोकका २४ वर्षीय कबिरजंग कुँवर, २२ वर्षीय कल्याणकुमार सुवेदी तथा ४५ वर्षीय बुनु श्रेष्ठ रहेका छन् ।  

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐनअनुसार ‘डाँका गर्न नहुने’ कसुरमा काठमाडाैं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी बृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।