१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १८:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अयोध्याको राम मन्दिरमा नेपालमा निर्मित धनुष राख्न प्रस्ताव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५६:oo

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट नेपालमा निर्मित धातुको धनुष राख्न श्रीराम जन्मभूमि तीर्थक्षेत्र सहमत भएको छ। अयोध्या भ्रमणका क्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विलमेन्द्र निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने वचन दिएका छन् । 

छलफलका क्रममा महामन्त्री रायले यो प्रस्ताव सबैले मान्नैपर्ने महत्वपूर्ण विषय भएको बताए। उनले त्यसमा व्यक्तिगत रूपमा आफू पूर्ण सहमत भएको भन्दै राम मन्दिर ट्रस्ट र निर्माण समितिको बैठकमा प्रस्ताव राखेर निर्णय गर्नुपर्ने बताए। रायले भने,  ‘मलाई विश्वास छ यो प्रस्तावमा सबैले सहमति जनाउनुहुनेछ।’

धनुष राख्नका लागि लामो समयदेखि गृहकार्यमा रहेका कांग्रेस नेता निधि र श्रीराम जन्मभूमि तीर्थक्षेत्रका महामन्त्री रायसहित शनिबार अयोध्यायमा छलफल भएको थियो। छलफलमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलगायत जनकपुरवासी तथा राम मन्दिर ट्रस्टका सदस्य डा अनिल मिश्रलगायत सहभागी थिए । 
छलफलका क्रममा नेता निधिले महामन्त्री रायलाई नेपालमा निर्माण गरिएको धनुषको नक्सा हस्तान्तरण गरेका थिए।  यसैबीच, राम मन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालिगण्डकी क्षेत्रको शीलाबाट  बनाउने विषयमा पनि निधि र रायबीच विस्तृत छलफल भएको छ।  

लामो समयदेखि विवादमा रहेको राम जन्मभूमिका विषयमा भारतको सर्वोच्च अदालतको फैसलापछि अयोध्यामा राम मन्दिर निर्माण कार्य अघि बढाइएको छ। सन् २०२४ भित्र मन्दिर निर्माण गरिसक्ने लक्ष्य राखिएको छ।