१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

खुला लोकदोहोरी प्रतियोगिता सुरु : ४६ टोली सहभागी, विजेतालाई ६ लाख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:o५:oo

पोखरामा राष्ट्रिय खुला लोकदोहोरी गीत प्रतियोगिता सुरु भएको छ । लोकगायक स्व. कल्याण शेरचनको ७६औँ जन्मजयन्तीका अवसरमा बिहीबारदेखि प्रतियोगिता आयोजना भएको हो । पोखरामा लोकबाजा संग्रहालय निर्माण गर्न तथा शेरचनको प्रतिमा निर्माण गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको कल्याण शेरचन प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर ह्योल्मोले जानकारी दिए । 

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौं, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय, गण्डकी र कास्की समिति, हिमाली सांस्कृतिक परिवारको सहकार्य रहेको छ ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा ४६ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले ६ लाख, दोस्रोले चार लाख, तेस्रोले दुई लाख र सान्त्वना टोलीले एक लाख नगद पुरस्कार पाउनेछन् । यसैगरी उत्कृष्ट गायक–गायिका र अनुशासित टोलीलाई ५०–५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतिष्ठानले यसअघि शेरचनको जन्मजयन्तीको अवसर पारी काठमाडौं र पोख®ामा कौरा, मादल वादन, सारंगी उत्सव, एकल राष्ट्रिय नृत्य प्रतियोगिता गर्दै आएको थियो । यस वर्ष दोहोरी गीत प्रतियोगिता आयोजन गरेको अध्यक्ष ह्योल्मोले जानकारी दिए । 

ad
ad