मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण ११ बुधबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण ११ बुधबार २o:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भन्सार छली गरी ल्याइएको सुनजस्तो देखिने पहेँलो वस्तुसहित भारतीय नागरिक पक्राउ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ११ बुधबार २o:२१:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपामा भन्सार छली लैजान लागेको १ किलो ६ सय १० ग्राम सुन जस्तो देखिने पहेँलो अर्धठोस वस्तुसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  राहदानी नम्बर एम ४९५०८९५ बाहक ४२ वर्षीय युसुफ हारोनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । 
    
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा भित्री वस्त्रमा प्लास्टिकभित्र लुकाई भन्सार छली लैजान लागेको उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो । 

पक्राउ परेका हारोनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ ।