१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार २२:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सूचना र प्रविधिको क्षेत्रमा मुलुकको भविष्य छ – मन्त्री कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार २२:o३:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना–प्रविधिको क्षेत्रमा शिक्षित युवाहरू उत्पादन गर्न सके बेरोजगारी समस्या घटेर जाने बताएका छन् । 
काभ्रेको बेथानचोक गाउँपालिका–२ स्थित पार्वती क्याम्पसको प्रथम क्याम्पस सभाको उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले भने, ‘शिक्षालयहरूले सूचना र प्रविधिमा जोड दिएमा शिक्षित युवाहरू बेरोजगार बस्नुपर्दैन ।’ क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष परसु घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्वराज्यमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठ, संविधानसभा सदस्य तथा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, संविधानसभा सदस्य रामहरि सुवेदी, जिल्ला समन्वय काभ्रेका प्रमुख दीपक गौतम, गाउँपालिका अध्यक्ष भगवान अधिकारी, गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलगायतको उपस्थिति थियो ।  २०६९ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको पार्वती क्याम्पसले २०७० सालदेखि पठन–पाठन सुरु गरेको थियो । 
 

ad
ad