१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १० मंगलबार
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १० मंगलबार १७:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सूचना लुकाउने परीक्षा नियन्त्रण कार्यालयका प्रमुखलाई जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १० मंगलबार १७:२६:oo

राष्ट्रिय सूचना आयोगले सूचना लुकाउने त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रमुखलाई जरिवाना गरेको छ। आयोगले कार्यालयका प्रमुख परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सूचनाको हकसम्बन्धी ऐनअनुसार २० हजार रुपैयाँ जरिवाना गराएको हो। 

रौतहट मलोहिया–५ निवासी राजीव दासले माग गरेको सूचना उपलब्ध नगराएबापत आयोगले जोशीलाई कारबाही गरेको हो। पटक-पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश दिँदा पनि सूचना उपलब्ध नगराएपछि कारबाही गरिएको सूचना आयुक्त कमला ओली थापाले विज्ञप्तिमार्फत जानकारी दिएकी छिन्।