१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महिला बलात्कार गरी माेटरसाइकलमा फरार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:१८:oo

दाङको तुल्सीपुरमा एउटै घरमा बस्ने महिलालाई बलात्कार गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्। तुल्सीपुर उपमहानगरपालिका-६ मा कोठा भाडा लिएर बस्ने अन्दाजी १८ वर्षीय प्रदीप विक सोही घरमा बस्ने महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेकाे इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ।

कार्यालयका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार बुधबार राति साढे ११ बजेतिर बलात्कार गरी विक किरण राणाको रा ६ प ५४०८ नम्बरको मोटरसाइकलमा फरार भएका थिए। विकलाई भगाउन सहयाेग गरी फरार रहेको अवस्थामा राणालाई आइतबार घरनजिकै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

राणालाई जिल्ला अदालत दाङबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। फरार रहेका विक आज मंगलबार दिउँसो पक्राउ परेका हुन्। उनलाई तुल्सीपुर–६ स्थित भित्री सडकबाट प्रहरीले पक्राउ गरेको हो।

ad
ad