१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय परिचयपत्रमा भएका जातिविशेष मिथ्यांकलाई सच्याउन सांसद विश्वकर्माको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५६:oo

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले राष्ट्रिय परिचयपत्रमा भएका मिथ्यांक सच्याउन माग गरेका छन्। मंगलबार सरकारले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको तथ्यांक विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले राष्ट्रिय परिचयपत्रमा भएका जातिविशेष मिथ्यांकलाई सच्याउनुपर्ने बताएका हुन्।

सामाजिक बनावटलाई पहिचानका लागि प्रस्तुत गर्ने सवालमा दलित समुदायका केही जातिहरू वा थरहरूमा विमति राख्दै उनले गलत तथ्यांकका कारण देश अधोगतितर्फ गएको आशंका व्यक्त गरे।

‘हामीकहाँ राष्ट्रिय परिचयपत्र बन्दै छ। त्यसमा सामाजिक बनावटलाई पहिचानका लागि प्रस्तुत गर्ने सवालमा दलित समुदायका केही जातिहरू वा थरहरू विगतमा लामो समयको शोषण, अन्याय, अत्याचार, विभेदका कारण अपमानित भएका थरहरूलाई राष्ट्रिय परिचयपत्रमा राखिदिएकोमा यो समुदायको ठूलो आपत्ति छ। दमाईं राखिएको छ, शब्दकोशमा जाँदा कपडा सिलाउने जातिलाई दमाईं भनिन्छ भनिएको छ। तर, दमाईं होइन, यो परियार जाति हो। कामी भनेर राखिएको छ, फलामको काम गर्नेलाई कामी भनिएको छ। तर, विश्वकर्मा हो, कामी होइन,’ उनले भने।

अहिलेको तथ्यांक विधेयकले देशको तथ्यांकका यस्ता समस्या समाधान गर्ने सांसद विश्वकर्माको विश्वास छ।