१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४८:oo
Read Time : < 1 मिनेट
अर्थ

विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४८:oo

आर्थिक वर्ष ०७८/७९ मा विश्वका एक सय ६४ देशबाट नेपालले विभिन्न मालवस्तु आयात गरेको पाइएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आवको तथ्यांकअनुसार नेपालमा ती देशबाट रु. १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो।

तथ्यांकअनुसार  उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ। एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै रु. १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो। रु. १२ खर्बभन्दा बढीको सामान आयात हुँदा रु. एक खर्ब ५५ अर्ब २२ करोड ३० लाखबराबरको सामान निर्यात भएको थियो। नेपालले  भारतसँग मात्रै रु. १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा व्यहोरेको थियो।

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ। एक वर्षको अवधिमा चीनबाट रु. दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाखबराबरको आयात भएको र  रु. ८० करोड ८७ लाख ५४ हजारबराबरको मात्र सामान निर्यात हुँदा चीनसँग रु. दुई खर्ब ६३ अर्ब ९७ करोड ४९ लाखबराबरको व्यापार घाटा भएको थियो।

आयातसँगै निर्यात पनि वृद्धि भएको थियो। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको थियो। आव ०७८–७९ मा नेपालले रु. दुई खर्ब ३० करोड ९६ लाखबराबरको स्वदेशी वस्तु निर्यात गरेको थियो। अघिल्लो आर्थिक वर्ष नेपालले रु. एक खर्ब ४१ अर्ब १२ करोड ४० लाखबराबरको निर्यात गरेको थियो। विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात २४.७२ र निर्यात ४१.७४ प्रतिशतले वृद्धि भएको छ। रासस