मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण ९ सोमबार
  • Friday, 14 August, 2026
सोनी राई सोलुखुम्बु
२o७९ श्रावण ९ सोमबार १२:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निकुञ्ज क्षेत्रमा अतिक्रमण गरी घर बनाउने एक व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
नयाँ पत्रिका
२o७९ श्रावण ९ सोमबार १२:४७:oo

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा अतिक्रमण गरेर पक्की संरचना निर्माण गर्दै गर्दा एक व्यक्ति पक्राउ परेका छन्। नाम्चेस्थित निकुञ्ज कार्यालयका अनुसार पक्राउ पर्नेमा खुम्बुपासाङल्हामु गाउँपालिका– २ का ३१ वर्षीय दाबा छिरिङ शेर्पा रहेका छन्।

२ नम्बर वडाकै मेरापिक क्षेत्रमा निकुञ्जको भू–भाग अतिक्रमण गरी पक्की घर बनाउँदै गर्दा शेर्पा पक्राउ परेका सूचना अधिकारी विष्णु रोकायले बताए। निकुञ्ज क्षेत्रमा पक्की संरचना निर्माण गरिरहेको भन्ने स्थानीयले दिएको सूचनाका आधारमा कार्यालयबाट खटिएको गस्ती टोलीले शेर्पालाई पक्राउ गरेको हो।

पक्राउ परेका शेर्पालाई निकुञ्जको सुधारगृहमा राखेर थप अनुसन्धान भइरहेको निकुञ्जको कार्यालयले जनाएको छ। ०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्गकिलाेमिटर क्षेत्रफलमा फैलिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित यस निकुञ्जलाई सन् १९७९ देखि विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो।