१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार २o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महिला अधिकार प्राप्तिका लागि रचनात्मक आन्दोलन आवश्यक : मन्त्री भुसाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:o८:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो अधिकार प्राप्त गर्न महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताएकी छिन् । आइतबार काठमाडौंमा मनीषा आर्चायद्वारा लिखित छोरी उपन्यास विमोचन कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले १७ प्रतिशत महिला अझै अधिकार पाउनबाट वञ्चित रहेको भन्दै महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताइन् । 

मन्त्री भुसालले संविधान र कानुनमा ३३ प्रतिशत महिला अधिकार भनिए पनि अझै १७ प्रतिशत महिला अधिकारबाट वञ्चित रहेको बताइन् । अधिकार खोज्नु महिलाहरूको राजनीतिक र कानुनी अधिकार भएको उनको भनाइ थियो । उनले संविधान र कानुनले सम्पत्तिको हकमा महिला पुरुष दुवैलाई सम्मान अधिकार दिए पनि व्यवहारमा लागू नभएको बताइन् । 

‘अहिले महिलाको अधिकार पूरा छैन । ३३ प्रतिशत मात्रै छ । जसमा १७ प्रतिशत बाँकी छ,’ उनले भनिन्, ‘अब ५० प्रतिशत महिलाले अधिकार पाउन बाँकी रहेको छ । छोरीहरूको आन्दोलन बाँकी नै छ । यो राजनीतिक, कानुनी अधिकारको कुरा हो ।’ संविधान र कानुनले सम्पत्तिमा महिला पुरुष दुवैलाई समान अधिकार दिएको भए पनि व्यवहारमा लागू नभएको उनको भनाइ थियो । 

मन्त्री भुसालले अहिले महिलाको समस्या महिलाको नभएर समाज र राष्ट्रको भएको बताइन् । अब महिलाले न्याय, समानता र स्वतन्त्रताको कुरा उठाउन नपर्ने गरी व्यवाहारिक बनाउनुपर्ने भन्दै व्यवहारमा लागू नभएको स्थानमा नयाँ रचनात्मक आन्दोलन युवाले गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । 
 

ad
ad