मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण ८ आइतबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ श्रावण ८ आइतबार १८:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वामपन्थी र समाजवादी पार्टी, समूहहरू एकताबद्ध हुनुपर्ने झलनाथ खनालको जिकिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ श्रावण ८ आइतबार १८:o८:oo

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले वामपन्थी र समाजवादी शक्तिहरूको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्ने बताएका छन्। आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले देशका वामपन्थी र समाजवादी शक्तिहरूको एउटै मोर्चा बनाएर निर्वाचनमा जाने छलफल भइरहेको बताए।

उनले यस सम्बन्धमा दुईपटक छलफल भइसकेको र छलफलको क्रम जारी रहेको उल्लेख गरे। उनले देशको आवश्यकता वामपन्थी शक्तिहरू एकै ठाउँमा आउनु भए पनि कतिपय समूह त्यसका निम्ति तयार नभएको बताए। 

‘हामी जम्माजम्मी दुईपटक बसेका छौँ। छलफल जारी छ। हामी यो देशका वामपन्थी र समाजवादी पार्टी, समूहहरू एकताबद्ध भएर एउटा मोर्चा बनाएर चुनावतिर जाऊँ भन्ने खालका कुरा सोच्दै छौँ। सल्लाह गर्दै छौँ,’ नेता खनालले भने, ‘आवश्यकताको दृष्टिले सबै वामपन्थीहरू एक ठाउँमा आउनु अहिलेको आवश्यकता हो। तर, कतिपय समूह तयार नै छैन। आउने चुनावमा बिल्कुलै सम्मानजनक ढंगले सबैको बीचमा सहमति हुनुपर्ने आवश्यकता छ।’