Skip This
इरान–अफगानिस्तान सहकार्यका निम्ति सहमत, अफगानिस्तानले तीन लाख ५० हजार टन इन्धन आयात गर्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १३:२१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इरान–अफगानिस्तान सहकार्यका निम्ति सहमत, अफगानिस्तानले तीन लाख ५० हजार टन इन्धन आयात गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२१:oo

इरान र अफगानिस्तानले पारस्परिक व्यापार वृद्धिका निम्ति सहकार्य गर्न सहमति जनाएका छन्। दुवै देशबीच इन्धन व्यापारको सम्झौता पनि भएको छ। शनिबार दुई देशबीच भएको सम्झौताअनुसार अफगानिस्तानले इरानबाट तीन लाख ५० हजार टन इन्धन आयात गर्नेछ।

इरान भ्रमण गरेको अफगान प्रतिनिधिमण्डलले छिमेकी देशबाट तीन लाख ५० हजार टन तेल खरिद गर्न इरानी कम्पनीसँग शनिबार सम्झौता गरिएको यहाँको अर्थ मन्त्रालयले आइतबार एक विज्ञप्तिमार्फत जनाएको छ। प्रतिनिधिमण्डलमा अर्थ र परराष्ट्र मन्त्रालय, केन्द्रीय बैंक, अफगानिस्तान आयल एन्ड ग्यास कर्पोरेसन र अफगानिस्तान राष्ट्रिय नापतौल प्राधिकरणका उच्च अधिकारी थिए।

इरानमा रहँदा प्रतिनिधिमण्डलले पछिल्लो समय पेट्रोल र ग्यासको मूल्यमा भएको वृद्धि, अफगानिस्तानमा तेल खरिद, दर र पेट्रोलियम पदार्थको ढुवानीलगायत विषयमा छलफल गरेको थियो।

अर्थ मन्त्रालयका अनुसार तेल आयातको सम्झौतासँगै दुवै पक्षले पेट्रोलियम पदार्थको व्यापार, पारवहनमा सहजीकरण, इन्धन आयातका लागि  पाइपलाइन बिछ्याउने र देशमा इन्धन प्रशोधन केन्द्र स्थापनाका निम्ति संयुक्त समिति गठन गर्ने सहमत भएको छ। रासस/सिन्ह्वा