Skip This
भारत भ्रमणका क्रममा आरजुलाई भेटेको विषयमा भ्रम फैलाइयो : अध्यक्ष प्रचण्ड
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारत भ्रमणका क्रममा आरजुलाई भेटेको विषयमा भ्रम फैलाइयो : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२५:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा कांग्रेस नेतृ आरजु राणा देउवा र आफूबीच भेटको विषयलाई षड्यन्त्र बनाएर प्रचार गरिएको बताएका छन्।

शनिबार जनकपुरमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने भन्ने कुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला भएको बताए। उनले सो कुरामा कुनै सत्यता नरहेको भन्दै हुनै नसक्ने कुरालाई प्रचार गरिएको दाबी गरे।

‘यो सबै हावा कुरा हो। यो एकखालको भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो। त्यसमा कुनै सत्यता छैन, हुन सक्दैन। आरजु उपचारको क्रममा दिल्लीमा हुनुहुन्थ्यो, उहाँको स्वास्थ्य लाभको कामना गरेको हो। त्यो यति प्रचारमा लगियो कि अन्तर्राष्ट्रियस्तरमा पनि प्रचार भएछ । यस्ता वाहियात, तथ्यहीन र षड्यन्त्रमूलक कुराबाट जोगिनुहोला,’ प्रचण्डले भने।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्नुको कारण कसैलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउने भन्ने विषयलाई लिएर नरहेको समेत उनले स्पष्ट पारेका छन्।