१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ५ शनिबार १९:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

गायक सुजन चापागाईंको पहिलो लाइभ म्युजिक इभेन्ट हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १९:४७:oo

गायक सुजन चापागाईंको एकल लाइभ म्युजिकल इभेन्ट हुने भएको छ।  आर्टमान्डुको आयोजना तथा पिआरभी इन्टरटेनमेन्टको सहकार्यमा आगामी शनिबार ललितपुरको पाटन संग्रहालयमा सुजनले एकल सांगीतिक प्रस्तुति दिनेछन्। तीनपाते, बाफ र घुमीघुमी जस्ता गीतबाट लोकप्रिय बनेका सुजनको यो पहिलो लाइभ म्युजिकल इभेन्ट हो।

शनिबार साँझ ६ बजेदेखि ८ बजेसम्म सुजनले लाइभ प्रस्तुति दिनेछन्। उनले आफ्ना चर्चित गीतहरूसँगै झलकमान गन्धर्वको दुुईवटा गीत पनि गाउँनेछन्। सुजनलाई गायिकाद्वय शान्तिश्री परियार र विद्या तिवारीले साथ दिनेछन्। सांगीतिक साेमा १३ जना बाद्यवादक रहनेछन् । चर्चित वाद्यवादकहरूका साथ स्टेज व्यवस्थापनमा रवि शाही, प्रकाश र ध्वनिलाई गुणस्तर बनाउन कोविद बज्र खटिरहेका छन्। 

नेपालमा कोभिड–१९ को सुरुवातयता लाइभ म्युजिकल इभेन्ट पातलिएको थियो। ‘अब त्यो माहोललाई पुुनःजागृत गर्न र गुणस्तरीय सांगीतिक साेको सुरुवात गर्न यो कार्यक्रम आयोजना गरेका हौँ,’ आयोजक तथा निर्देशक नवीन चौहानले भने।  

ad
ad