मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण ६ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ६ शुक्रबार १४:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेलायतमा रहेका गोर्खा सैनिकलाई नेपाली नागरिकता दिन एमाले सांसदको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ६ शुक्रबार १४:१८:oo

एमालेका सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरूलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘नेपाल र बेलायतबीच भएको सन्धिअनुसार गोर्खा सेनाहरूको हकमा माथि उल्लेखित दफाहरू लागू हुनेछैनन्। उनीहरूलाई दुवै देशको नागरिकता प्राप्त गर्न सक्ने सुविधा हुनेछ।’

सांसद दाहालले नेपाली महिलासँग विवाह गरी नेपालमै १५ वर्षसम्म बसोवास गरेका नेपाली महिलाका श्रीमानलाई पनि अंगीकृत नागरिकता दिने प्रावधान पनि राख्नुपर्ने बताए। ‘विदेशी नागरिकसँग विवाह गरी नेपालमै बसोवास गर्ने नेपाली महिलाको श्रीमानलाई १५ वर्षभन्दा बढी नेपाली महिलासँग विवाह गरी नेपालमै बसोवास गरेको रहेछ र सम्बन्धित देशको नागरिकता त्यागेको स्वघोषणा गरेमा निजलाई अंगीकृत नागरिकता दिन बाधा पर्नेछैन।’