१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ५ शनिबार २o:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २o:२५:oo

फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबीच बुधबार चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

गोपीकृष्ण मुभिजको प्रस्तुतिमा बनेको फिल्म ‘माइकल अधिकारी’ मा सौगात मल्ल र श्रृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ। निरक पौडेल निर्माता रहने गरी उद्धव पौडेलले फिल्म निर्माण गरेका हुन्। 

फिल्ममा नायिका श्रेष्ठले गर्भवती महिलाको अभिनय गरेकी छिन्। ‘माइकल अधिकारी’मा आर्थिक अभाव भएपछि कोख भाडामा दिने महिलाको भूमिकामा उनलाई देख्न सकिन्छ। फिल्ममा सौगात र श्रृष्टिसँगै अशान्त शर्मा, लोनिभा तुलाधर, अन्नी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, जेमिमा टम्स, दिलीप बोहरा, कन्द्र भट्टराईको अभिनय छ। फिल्म आगामी भदौ ३ गते रिलिज हुनेछ। 

ad
ad