मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ४ बुधबार १५:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छोराछोरीले अवहेलना गरेका ज्येष्ठ नागरिकको जिम्मा स्थानीय सरकारले लिनुपर्छ : मन्त्री रेग्मी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ४ बुधबार १५:५१:००

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छोराछोरीले अवहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताएकी छिन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक समितिको प्रतिवेदनसहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रेग्मीले यस्तो बताएका हुन् । उनले ज्येष्ठ नागरिकलाई हेर्ने जिम्मेवारी सरकारले लिनुपर्ने बताइन् । 

जनताको घरदैलोमा हुने स्थानीय सरकारले छोराछोरीबाट अवहेलित ज्येष्ठ नागरिकलाई हेर्नुपर्ने उनले बताइन्। मन्त्री रेग्मीले स्थानीय सरकारले हेरेका ज्येष्ठ नागरिकहरूको सम्पत्ति पनि स्थानीय सरकारले परिचालन गर्न पाउने व्यवस्था विधेयकमार्फत गरिएको बताइन् ।

उनले विधेयकमा ज्येष्ठ नागरिक इजलास गठन गर्न सकिने व्यवस्था गरिएको पनि उल्लेख गरिन् । ज्येष्ठ नागरिकलाई कसैले दुर्व्यवहार गर्न नपाउन् भन्ने किसिमको व्यवस्था गरिएको उनको भनाइ छ ।