मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण ४ बुधबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण ४ बुधबार १२:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार निर्वाचनको मिति सार्न खोजिरहेको छ : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ४ बुधबार १२:५५:oo

एमालेका अध्यक्ष केपी ओलीले सरकारले विभिन्न बहानामा निर्वाचनको मिति सार्ने प्रयत्न गरिरहेको आरोप लगाएका छन् । बुधबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  संवैधानिक व्यवस्थाअनुसार आगामी मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुनैपर्ने उल्लेख गर्दै जनतालाई सरकारले दिएकाे पीडालाई अन्त्य गर्नुपर्ने जिम्मेवारी एमालेकाे काँधमा आएको बताए । 

उनले आगामी निर्वाचनपछि एमाले सरकारमा फर्किने भएकाले त्यसको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए । 

उनले एमालेले मात्रै राष्ट्रयता र जनजीविकाका प्रश्नलाई सन्तुलित ढंगले अगाडि बढाउन सक्ने भदै राष्ट्रिय हितको रक्षा र सम्बर्द्धन पनि एमालेले नै गर्ने भएकाले एमालेको सरकार अपरिहार्य भएको बताए ।