१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३ मंगलबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ श्रावण ३ मंगलबार १९:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज 'फरेन्सिक ल्याब'मा पठाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ श्रावण ३ मंगलबार १९:३४:oo

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरीअन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने भएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सिसिटिभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरीअन्तर्गतको साइबर ब्युरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाब लिएको हो। 

समितिका सचिव सुरेन्द्र अर्यालले समितिको बैठकमा विज्ञहरूले डिलिट भएको सिसिटिभी फुटेज रिकभर हुने भए पनि रिकभर गर्ने अथोरिटी सफट्वेयर आवश्यक हुने भएकाले सिसिटिभीको हार्डडिक्सको अवस्थामा भरपर्ने भन्दै फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरीअन्तर्गतको फरेन्सिक ल्याबमा पठाउन उपयुक्त हुने सुझाब दिएको बताए। 

समिति सचिव अर्यालले अर्थ मन्त्रालयले बजेट निर्माण गर्ने समयको फुटेज डिलिट भएको भन्दै अर्थ मन्त्रालयको समग्र सिसिटिभी सिस्टम नै समितिलाई दिएको बताए। उनले समितिको आजको बैठकले अर्थ मन्त्रालयको समग्र सिसिटिभी सिस्टमलाई फुटेज रिकभर गर्नको लागि प्रक्रिया पुर्‍याएर प्रहरीको फरेन्सी ल्याबमा पठाउन निर्णय भएको बताए।

‘आजको संसदीय विशेष छानबिन समितिको बैठक लक्ष्मणलाल कर्णको सभापतित्वमा बसेको बेैठकमा मूलतः अर्थ मन्त्रालयको डिलिट भयो भनिएको सिसिटिभी फुटेजलाई रिकभर गर्नको लागि कति सम्भावना छ? के–के  र कस्ता प्रविधि छन् भन्ने हिसाबले विज्ञहरूको सल्लाह लिएर समितिले नेपाल प्रहरीअन्तर्गतको साइबर ब्युरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थान कार्यरत विज्ञलाई आमन्त्रण गरेका थियौं,' उनले भने, 'उहाँहरू दुवैजना आउनुभयो। विज्ञहरूलाई समितिले डिलिट भएका सिसिटिभी फुटेज रिकभर गर्ने विषयमा जिज्ञासा राख्यो। विज्ञहरूले रिकभरी गर्न सकिने विषय हो। रिकभर गर्ने अर्थोरेटिक सफट्वेयर चाहिन्छ। सिसिटिभीको हार्डडिक्सको अवस्था कस्तो छ, त्यसमा पनि भर पर्छ।’