मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
फाइल फाेटाे
गणेश लम्साल विराटनगर
Invalid date format १६:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘वाम गठबन्धन’ प्रिय लाग्ने शब्द मात्र हुन्, तत्काल कसैसँग गठबन्धन हुँदैन : ईश्वर पोखरेल 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १६:५o:oo

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी  निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने प्रस्ट पारेका छन्। प्रेस चौतरी प्रदेश १ ले विराटनगरमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले एमाले तत्काल राष्ट्रियस्तरको गठबन्धनको पक्षमा नभएको बताएका हुन्।

नेता पोखरेलले भने, ‘वाम गठबन्धन प्रिय लाग्ने शब्द मात्र हुन्। अहिले नै गठनबन्धन हुन सक्दैन।’ उनले संविधानमा व्यवस्था भएअनुसार संघीयताको परिकल्पना भएको उल्लेख गर्दै खारेजी गर्ने परिकल्पना कसैले गर्न नहुने स्पष्ट पारे। उनले भने, ‘कसैले चाहेर खुसुक्क हटाउने, त्यो केटाकेटीको खेल होइन। संविधान राष्ट्रिय दस्ताबेज हो। त्यसैले बाहिरको हल्लामा जानुहुँदैन।’

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले प्रदेशको नामकरण प्रदेश सभाको एकल अधिकारको विषय भएको भन्दै प्रदेशबाटै टुंगो लाग्ने बताए।

गभर्नर महाप्रसाद अधिकारीसँग जोडिएको एम अधिकारीको प्रसंग गोप्य रहेको भन्दै उनले भने, ‘राष्ट्रियतासँग जोडिएका कुराहरू केही गोपनीय हुन्छन्। यसैले धेरै कोट्याउने नगरौँ।’