१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १५:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारत भ्रमण उपलब्धिमूलक : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:२७:oo

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण फलदायी र उपलब्धिमूलक भएको बताएका छन् । आइतबार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँगको भेटपछि अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले भाजपा अध्यक्ष नड्डासँगको भेटमा भाजपाले गरिरहेको कार्यालय व्यवस्थापनबारे कुराकानी गरेको बताए । 

अध्यक्ष दाहालले कार्यालय व्यवस्थापनबारे बुझ्दा आफू उत्साहित भएको बताए । दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनसम्बन्धलाई विस्तार गर्ने कुरामा सहमति भएको उनको भनाइ छ । म भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र उपलब्धिमूलक कुराकानी भइरहेको छ,’ अध्यक्ष दाहालले भने, ‘दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउन राम्रोसँग सम्बन्ध बलियो बनाउनुपर्छ भन्ने नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु । कहिले बिजेपी र कहिले माओवादीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रमहरू संयुक्त रूपमा गर्ने भन्ने समझदारी पनि भएको छ ।’

अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भनिए पनि अहिलेसम्म समय र कार्यसूची निश्चित भइसकेको छैन । उनी तीनदिने भारत भ्रमण सकेर आज नै नेपाल फर्किने कार्यक्रम छ । 
 

ad
ad