मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण १ आइतबार ११:३४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मध्य–तमोर जलविद्युत्को सुरुङ निर्माण कार्य पूरा

Read Time : < 1 मिनेट
२०७९ श्रावण १ आइतबार ११:३४:००

ताप्लेजुङमा निर्माण भइरहेको मध्य–तमोर जलविद्युत् आयोजनाको सुरुङमार्ग निर्माण कार्य पूरा भएको छ । ७३ मेगावाटको आयोजनाको ड्याम रहने क्षेत्र मित्लुङ र पावरहाउस रहने क्षेत्र थुम्बाबेँसीसम्मको करिब तीन हजार चार सय मिटर सुरुङमार्गको निर्माण कार्य पूरा भएको  आयोजनाका प्रबन्धक मणिराज पोखरेलले जानकारी दिए ।

दुईवटा कम्पनीमध्ये एकले थुम्बा क्षेत्रबाट र अर्कोले मित्लुङ क्षेत्रबाट सुरुङ खन्दै दुवैतिरबाट जोडिएपछि सुरुङमार्ग निर्माणको काम सम्पन्न भएको बताए । सो सुरुङमार्ग तीन हजार तीन सय ६७ मिटर लामो, ६ मिटर चौडाइ र ४ मिटर उचाइको रहेको छ । दुईतर्फबाट निर्माण गरिएको सुरुङमार्ग जोडिएपछि आयोजनाको ७१ प्रतिशत काम सकिएको उनले बताए । प्रबन्धक पोख्रेलले हेडवक्र्सको काम ८० प्रतिशत सकिएको साथै थिग्र्याउने पोखरीको काम केही बाँकी रहेको बताए । 

आयोजना प्रमुख पोख्रेलले तीन सय मिटर लम्बाइ र एक सय मिटर चौडाइको सेटलिङ बेसिनलाई प्राकृतिक विपद्का समस्याबाट जोगाउन अन्डरग्राउन्ड गरिएको बताए । फक्ताङलुङ गाउँपालिका वडा नं १ सावादिन र मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङमा मुख्य–मुख्य संरचना रहेको विद्युत् आयोजनाको फुङलिङ नगरपालिका–९ र १० हाङ्देवा तथा फुरुम्बुको तल्लो तटीय क्षेत्रमा आयोजनाको मुख्य कार्यस्थल रहेको छ ।  

सुरुमा ५४ मेगावाट क्षमताबराबर विद्युत् उत्पादन गर्ने गरी सुरु गरिएको आयोजनाको मुहानस्थल (हेडवक्र्स) केही परिवर्तन भएकाले उत्पादन क्षमता बढेर ७३ मेगावाट पुगेको छ । सुरु गर्दा मापन गरिएको क्षमताअनुसार निर्माण प्रक्रिया अघि बढाएको, तर पछि निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखिएपछि आयोजनाको हेडवक्र्स परिवर्तन गरिएको थियो । सो परिवर्तन गरिएसँगै ५४ बाट १९ मेगावाट बढ्न गई कुल ७३ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने गरी निर्माण कार्य भइरहेको छ ।