मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार ३२ शनिबार
  • Wednesday, 02 September, 2026
२o७९ असार ३२ शनिबार १३:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युत् प्राधिकरणका कर्मचारीद्वारा पत्रकारमाथि कुटपिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ३२ शनिबार १३:५३:oo

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार साँझ राष्ट्रिय समाचार समिति (रासस) चितवनका समाचारदाता कृष्ण आचार्यमाथि कुटपिट गरेका छन्। कार्यालय परिसरमा मादक पदार्थ सेवन गरेर भोज गरेको भन्ने सूचनाका आधारमा समाचार सम्प्रेषण गर्न गएका आचार्यमाथि उनीहरूले कुटपिट गरेका हुन्।

सो क्रममा आचार्यको शरीरमा घाउचोट लागेको छ भने कपडा च्यातिएको छ। कुटपिटपछि उनले भागेर ज्यान बचाएका थिए। उनको साथमा रहेका दुई मोबाइल वितरण केन्द्रका कर्मचारीले खोसेर राखेका छन्। जिल्ला प्रहरी कार्यालयले एकजनालाई शुक्रबार राति नै पक्राउ गरेको छ।

प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले आज दोषी कर्मचारीलाई प्रहरी कार्यालयमा हाजिर गराउने सर्तमा कार्यालय प्रमुख राजीव सिंहले कागज गरेको जानकारी दिए। उनी प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्षसमेत हुन्। घटनाको नेपाल पत्रकार महासंघ चितवनसहित पत्रकारसँग सम्बन्धित संघ–संस्थाले निन्दा गरेका छन्। रासस