
उपसभामुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी पुष्पा भुसाल निर्वाचित भएकी छिन् । उनी एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै उपसभामुखमा निर्वाचित भएकी हुन् ।
प्रतिनिधिसभामा शुक्रबार भएको मतदानमा कुल दुई सय ४२ सांसदको उपस्थिति रहेको थियो । जसमध्ये भुसालका पक्षमा एक सय ४८ सांसदले मत जाहेर गरेका थिए । भट्टराईको पक्षमा ९३ जनाले मत जाहेर गरेका थिए भने एकजना सांसद तटस्थ बसेका थिए ।