१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ३१ शुक्रबार १५:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फोहोरबाट मल बनाउने विषयमा उद्योग समितिको चासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ३१ शुक्रबार १५:३१:००

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले फोहोरलाई मल बनाउने विषयमा चासो देखाएको छ ।समितिको शुक्रबारको बैठकमा सांसदहरूले भक्तपुर नगरपालिकाले फोहोरबाट प्रांगारिक मल बनाउने प्रविधि र प्रक्रियाको विषयमा जानकारी लिएका हुन् । भक्तपुरमा फोहोरबाट मल कसरी कुन प्रविधिबाट बनाएर मल बिक्री गरिरहेको विषयमा रिकिसी कम्पोस्ट प्रा.लि.की प्रबन्ध निर्देशक उषा गिरीले सांसदहरूलाई जानकारी गराएकी थिइन् । 

निर्देशक गिरीले भक्तपुर नगरपालिकाले चार वर्षदेखि कुहिने फोहोरमार्फत गन्धरहित मल रिकिसी कम्पोस्ट प्रा.लि.को प्राविधिक सहयोगमा बनाइरहेको बताइन् । उनले कुहिने फोहोर संकलन गरेर प्लान्टमा आवश्यकताअनुसार तोकोजाई (धानको भुस, धानकै ढुटो, पत्कर, रातो माटो र ब्याक्टेरिया) मिसाएपछि मल बन्ने बताइन् । 

‘जापानी प्रविधिमार्फत फोहोरलाई गन्धरहित बनाएर कम्प्याक्टसँग लिचेडहरू केही ननिकाली राम्रो मल बन्छ । जुन मल हिजोआज नेपालमा खाँचो छ । त्यो खाँचोलाई फोहोरबाट मल बनाएर प्रयोग गरे अर्गानिक वस्तु उत्पादन गरेर खानसक्छौँ,’ उनले भनिन्, ‘ठिमीले चार वर्षदेखि घरबाट निस्कने फोहोरलाई गन्धरहित बनाएर मल बनाइरहेको छ । भक्तपुरले फोहोरबाट मल निकालेर २० रुपैयाँमा जनतालाई दिइरहेको छ । काठमाडौंको फोहोर व्यवस्थापनको लागि बन्चरेडाँडामा ठूलो समस्या रहेको छ । हामी सबै मिलेर काम गर्ने हो भनेर फोहोरको सदुपयोग र मल पनि राम्रो बन्ने थियो । यसको समाधान भनेको जापानी प्रविधि हो । त्यसले फोहोरलाई कुहिने फोहोरलाई गन्धरहित बनाएर मल बनाउँछ ।’ 

निर्देशक गिरीले यो प्रविधि जापानी प्रविधि भएको र यस प्रविधिले प्रांगारिक मल गन्धरहित र बिरुवाका लागि पूर्ण पौष्टिक हुने रामेछापको गोकुलगंगामा आलु खेतीमा प्रयोग गरेरसमेत देखिएको बताइन् । उनले यो मल रासायनिक मल प्रयोग नभएको स्थानमा रासायनिक मलको भन्दा राम्रो हुने बताइन् ।