१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १६:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अन्तर्राष्ट्रियस्तरमा पनि गठबन्धन हुन्छ, देशभित्र स्वाभाविक : परराष्ट्रमन्त्री खड्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १६:५o:oo

नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलका बीचमा गठबन्धन स्वाभाविक भएको बताएका छन्। उनले गठबन्धन राजनीतिक दलका बीचमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा पनि हुने बताए। 

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा खड्काले विचार नमिल्ने देशहरूबीचसमेत गठबन्धन हुने गरेको उल्लेख गर्दै देशभित्रै विचार नमिल्ने पार्टीसँग गठबन्धन हुनु स्वाभाविक भएको बताए। पार्टीका कतिपय केन्द्रीय सदस्यहरूले चुनावमा विचार नमिल्ने कम्युनिस्टहरुसँग गठबन्धन गर्न नहुने धारणा राखेपछि खड्काले यस्तो बताएका हुन्।

‘विचार नमिल्ने देशसँग त गठबन्धन भएको छ भने मुलुकभित्र हुँदैन भन्ने होइन,’ उनले भने, ‘गठबन्धन विश्वव्यापी मान्यता बन्दै गएको छ। गठबन्धन गरेर जाँदा पार्टीलाई पनि घाटा छैन। स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गर्दा राम्रो नतिजा आएको छ। संघ र प्रदेशमा पनि गठबन्धन गरेर जानुपर्छ।’

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले राम्रो काम गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको उपस्थिति दर्बिलो भएको जिकिर गरे। एमसिसी पास भएर नेपालको अन्तर्राष्ट्रिय छवि उज्यालिएको दाबी गर्दै उनले एसपिसी भने अघि नबढ्ने स्पष्ट पारे।

ad
ad