मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सर्वोच्च अदालतमा दुई करोड बेरुजु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:४७:oo

सर्वोच्च अदालत र मातहतसमेतका ८२ निकायमा यस वर्ष दुई करोड चार लाख ७७ हजार रुपैयाँ बेरुजु देखिएको छ । जसमा सात लाख ६० हजार रुपैयाँ म्याद नाघेको पेस्की रहेको छ ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार सर्वोच्च अदालतले १७ करोड ६५ लाख रुपैयाँ बेरुजु नियमित गर्नुपर्नेछ । यसैगरी, चार अर्ब ६२ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेको प्रतिवेदनमा उल्लेख छ ।

सर्वोच्च अदालतले असुल हुन बाँकी राजस्व बक्यौतामा ३९.६८ प्रतिशतले वृद्धि भएको छ । यस वर्षसम्मको एक करोड ६३ लाख ११ हजार रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको प्रतिवेदनमा जनाइएको छ ।