१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o८:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दुई हजार बिन्दुको टेवा खोज्दै नेप्से

सबै समूहको सूचकमा हरियाली छाउँदा ५९ अंकले बढ्यो सेयर बजार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:१८:oo

नेप्से परिसूचक बुधबार ५९ दशमलव ५४ अंकले बढेर एक हजार नौ सय ८६ दशमलव ८२ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १२ दशमलव ४२ अंकले बढेर तीन सय ८१ दशमलव ३७ बिन्दुमा पुगेको छ ।नेप्से सूचकले अहिले दुई हजार बिन्दुको टेवा खोजिरहेको छ । यतिवेला नेप्सेले एक हजार नौ सयको मनोवैज्ञानिक परीक्षणमा छ । बजार निकै घटेकाले पनि लगानीकर्ता सकारात्मक बन्न पुगेका छन् । 

अघिल्लो दिन मंगलबार नेप्से सूचक दोहोरो अंकले बढेको थियो । मौद्रिक नीतिमा लगानीकर्ताले उठाउँदै आएको मागलाई सम्बोधन हुने आश्वासन लगानीकर्ताले पाएको हुँदा पनि बजारमा केही सुधारको संकेत देखिएको हो ।

बुधबार १३ वटै समूहको सूचकमा हरियाली छाएको छ । फाइनान्स समूहको सूचक ६ दशमलव ९६ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको सूचक ६ दशमलव २५ प्रतिशतले बढेको छ । त्यस्तै, ट्रेडिङ समूहको सूचक पाँच प्रतिशतभन्दा बढीले बढेको छ । जलविद्युत् समूहको सूचक र म्युचुअल फन्ड समूहको सूचक चार प्रतिशतभन्दा बढीले बढ्दा होटेल तथा पर्यटन समूह र लगानीगत समूह र माइक्रोफाइनान्स समूहको सूचक तीन प्रतिशतभन्दा बढीले बढेका छन् । अन्य तीन समूहको सूचक एक प्रतिशतभन्दा बढीले बढेको छ ।नेप्से सूचक बढेसँगै एक सय ८२ वटा कम्पनीको सेयर मूल्य बढेका छन् भने पाँचवटा कम्पनीको सेयर मूल्य घटेका छन् । अघिल्लो दिनको तुलनामा करोबार रकममा पनि केही सुधार आएको छ । 

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २५ कम्पनीको ५७ लाख ८७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब चार करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार शिवम् सिमेन्टको नौ करोड रुपैयाँभन्दा बढीको भएको छ । त्यसैगरी, एनआइसी एसिया बैंक, नबिल बैंक, हिमालयन डिस्टिलरी र अरुण काबेली पावरको सेयर ६ करोड रुपैयाँदेखि आठ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बढेको बजारमा नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिटिजन म्युचुअल फन्ड, नबिल ब्यालेन्स फन्ड, कुमारी इक्विटी फन्ड, ग्रिन डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, लक्ष्मी लघुवित्त वित्तीय संस्था र ग्रिन लाइफ हाइड्रोपावरको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले बढेको छ ।

 

 

ad
ad