१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २८ मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २८ मंगलबार १३:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हतियार खरिद प्रक्रिया रोक्न नेकपा एकता राष्ट्रिय अभियानको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २८ मंगलबार १३:३१:oo

नेकपा एकता राष्ट्रिय अभियानले गृह मन्त्रालयले नेपाल प्रहरीका लागि हतियार खरिद गर्न लागेको विषयमा विरोध जनाएको छ। अभियानका संयोजक युवराज सफलले मंगलबार एक विज्ञप्ति जारी गर्दै हतियार खरिद प्रक्रिया तत्काल खारेज गर्न माग गरेका छन्।

हतियार खरिदका नाममा करोडौँ भ्रष्टाचार गर्न खोजिएको आरोप लगाउँदै अभियानले इटालियन कम्पनीसँग १० वर्षअघि नै काम नलाग्ने भएका हतियार खरिद प्रक्रिया खारेज गर्न माग गरेको छ। ‘हतियार खरिद गर्दा करोडौँ रुपैयाँ कमिसनको खेल चलेको र ल्याउन लागिएको हतियार १० वर्षअघि नै काम नलाग्ने रहेको र सो हतियार प्रचलित मूल्यभन्दा चार गुणा बढीमा खरिद गर्न लागेको भन्ने समाचार प्रकाशित भएकाले हतियार खरिदको नाममा करोडौँ रुपैयाँ भ्रष्टाचार गर्न खोजिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

खरिद कार्य रोक्नेसम्बन्धी निवेदन गृहमन्त्री, गृहसचिव र गृहसहसचिवलगायतलाई पठाइसकेको भन्दै आग्रहलाई बेवास्ता गरे यस्ता कार्यमा संलग्नलाई जनकारबाही गर्नेसम्मको चेतावनी अभियानले दिएको छ।