१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १o:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

साढे १० अर्ब खर्च गर्न सकेन सुदूरपश्चिम सरकारले

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:१८:oo

चालू आव सुदूरपश्चिम प्रदेश सरकारले करिब साढे १० अर्ब बजेट खर्च गर्न सकेन । चालू र पुँजीगत गरी सरकारको १० अर्ब ४६ करोड ३९ लाख रुपैयाँ खर्च हुन नसकेको हो । यस वर्षका लागि विनियोजित ३१ अर्ब ४७ करोड ५६ लाख बजेटमध्ये २१ अर्ब एक करोड १७ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

खर्च हुन नसकेको रकममध्ये करिब सात अर्ब रुपैयाँ पुँजीगत बजेट हो । पुँजीगततर्फ १८ अर्ब ९० करोड २० लाख रुपैयाँ बजेट रहेकोमा ११ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालूतर्फ ७२.२३ प्रतिशत र पुँजीगततर्फ ६३.०५ प्रतिशत बजेट खर्च भएको छ ।

सबैभन्दा बढी योजना र बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले चार अर्ब बजेट खर्च गर्न सकेन । उक्त मन्त्रालयको १२ अर्ब ९२ करोड ४४ लाखमध्ये आठ अर्ब ९८ करोड ८८ लाख खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत तर्कराज भट्टले जानकारी दिए । धेरैजसो विकासे योजनाहरू कार्यान्वयनमा नजाँदा सरकारको पुँजीगत खर्च कमजोर देखिएको छ । 

दोस्रो बढी बजेट रहेको सामाजिक विकास मन्त्रालयले ६ अर्ब ५१ करोड ३३ लाख रुपैयाँमध्ये चार अर्ब ९३ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै, दुई अर्ब २५ करोड ९७ लाख रुपैयाँ बजेट रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक अर्ब ७३ करोड ७४ लाख रुपैयाँ र दुई अर्ब ९१ करोड ८४ लाख रुपैयाँ बजेट रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दुई अर्ब २१ करोड २३ लाख खर्च गरेको छ । 

प्रदेश सभाले कुल बजेटको ७४.७९ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ४९.०४, आर्थिक मामिला तथा योजना मन्त्रालयले ३९.८८ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ७६.७१ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रणको कार्यालयको तथ्यांक छ । त्यस्तै, अर्थविविध शीर्षकमा साढे दुई अर्ब र वित्तीय व्यवस्थापन शीर्षकमा ३० करोड रुपैयाँ छुट्याइएकोमा एक रुपैयाँ पनि खर्च हुन सकेन ।

असार महिनाको २५ दिनमा मात्रै सरकारले झन्डै नौ अर्ब ७२ करोड रुपैयाँ खर्च गरेको छ । जेठ मसान्तसम्म १२ अर्ब ७२ करोड ९९ लाख रुपैयाँ खर्च गरेको सरकारले असारका २५ दिनमा बजेट खर्च २१ अर्ब एक करोड १७ लाख पुर्‍याएको हो । जेठ मसान्तसम्म सरकारको खर्च ४०.७५ प्रतिशत मात्र थियो ।

ad
ad