Skip This
लगानी बोर्डद्वारा पिपिपी परियोजनाको कार्यविधि तयार
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:२३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानी बोर्डद्वारा पिपिपी परियोजनाको कार्यविधि तयार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२३:oo

लगानी बोर्डको कार्यालयले सार्वजनिक–निजी साझेदारीका परियोजना (पिपिपी) पूर्वतयारीसहित परियोजना बैंकमा सूचीकृत गर्नका लागि कार्यविधि तयार गरेको छ । बोर्डले सोमबार विभिन्न सरोकारवालाबाट सुझाव तथा पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले ‘भ्यालिडेसन वर्कसप अन आइबिएन प्रोजेक्ट बैंक’को आयोजना गरेको थियो । जसमा विभिन्न मन्त्रालय, दातृ निकाय, निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था एवं बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । 

कार्यविधिले परियोजना बैंक स्थापनामा परियोजना पहिचान, छनोट तथा श्रेणीकरण, मूल्यांकन तथा प्राथमिकीकरणका चरणहरू समावेश गरेको छ । परियोजनाको पहिचान, छनोट र प्राथमिकीकरण मूलतः पारदर्शी ढंगले राष्ट्रिय प्राथमिकताका आधारमा हुने व्यवस्था गरिएको छ । ‘परियोजना बैंकबाट हामीले सार्वजनिक–निजी साझेदारीका परियोजनाहरू विकासमा एउटा मापदण्ड स्थापित गर्नेछौँ । जसले प्रामाणिक आधारमा निर्णय प्रक्रिया अघि बढाउन र जोखिमहरू कम गर्न मद्दत गर्नेछ,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले भने, ‘परियोजना बैंकले प्राथमिकताका परियोजनालाई व्यावसायिक रूपमा सम्भाव्य बनाउन सहुलियत ऋण, मिश्रित वित्त (ब्लेन्डेड फाइनान्स) तथा अन्य प्रोत्साहनका लागि सरकार एवं दातृ निकाय र विकास वित्त उपलब्ध गराउने संस्थाहरूसँग छलफल अघि बढाउन सकिन्छ ।’

प्रमुख कार्यकारी अधिकृत भट्टले परियोजना विकास बहुविधागत कार्य भएकाले परियोजना पूर्वतयारीमा ठूलो गृहकार्य आवश्यक पर्ने बताए । परियोजनाको राम्रो तयारीले परियोजनाको जीवनमा आउन सक्ने जोखिम कम गर्न सकिने धारणा राखे । स्पष्ट र पारदर्शी मानकका आधारमा परियोजनाहरूको छनोट, श्रेणीकरण र प्राथमिकीकरण गरी परियोजना बैंकमा समावेश गरिनेछ । परियोजनाको प्राविधिक, वित्तीय, सामाजिक तथा वातावरणीय दिगोपनालगायतलाई छनोटका आधार मानिएको छ । 

त्यस्तै, परियोजना पूर्वतयारीका आधारभूत पक्षहरू जग्गा अधिग्रहण वा राइट अफ वे क्लियरेन्स, वित्तीय जोखिम, डिजाइन तथा निर्माण जोखिम, सञ्चालन एवं मर्मत–सम्भार जोखिम र बजार तथा मागको जोखिमका आधारमा परियोजनाको मूल्यांकन र प्राथमिकीकरण गरिनेछ ।कार्यविधिको भ्यालिडेसन वर्कसपमा बोर्डका सहसचिव अमृत लम्साल, फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिसका सस्टेनेबल ग्रोथ टिम प्रमुख रिचर्ड क्रेग, विश्व बैंकका प्राइभेट सेक्टर एड्भाइजर पिटर मोज्लीलगायतको सहभागिता थियो ।