१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए निर्णायक आन्दोलन गर्ने महासंघको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:२३:oo

नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेश सभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी थालेसँगै नामाकरणको विषयले प्रदेश १ को राजनीति तातिएको वेला महासंघले यस्तो चेतावनी दिएको हो । महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले विज्ञप्ति जारी गर्दै आदिवासी जनजातिको पहिचानविपरीत प्रदेश नं. १ को नामाकरण गर्ने दुष्प्रयास भइरहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 

‘आदिवासी जनजातिको अपेक्षा र अनुरोधलाई बेवास्ता गरी पहिचानको मूल भावनालाई सम्बोधन नगरी आदिवासीय पहिचानविपरीत प्रदेश नं. १ को नामाकरण गर्ने दुष्प्रयास भएमा त्यसविरुद्ध नेपाल आदिवासी जनजाति महासंघले सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
ऐतिहासिक थातथलो, भाषा, संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी नामाकरण हुनुपर्नेमा त्यसविपरीत विभिन्न षड्यन्त्र भइरहेको भन्दै महासंघले विज्ञप्तिमार्फत त्यस्ता क्रियाकलापको भर्त्सना गरेको छ ।

महासंघले पहिचानका आधारमा प्रदेशको नामाकरण गर्न सरोकारवाला सबै पक्षसँग अपिलसमेत गरेको छ ।
 

ad
ad