१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गण्डकीका मुख्यमन्त्री, मन्त्री र सांसदका लागि गोरखामा एक रुपैयाँ संकलन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:२o:oo

गोरखामा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद र नेताका निजी ट्रस्ट र फाउन्डेसनका लागि रु. एक दान संकलन अभियान सुरु गरिएकाे छ । गण्डकी प्रदेश सरकाले सरकारी ढुकुटीको दुरुपयोग गरी मुख्यमन्त्री, मन्त्री, सांसद र नेताकाे स्वार्थमा लापरबाही रूपमा बजेट विनियोजन गरेको भन्दै त्यसको विरोधस्वरूप अभियान सुरु गरिएको अनेरास्ववियु गोरखाका संयोजक प्रताप ढकालले जानकारी दिए ।

सोमबारबाट सुरु भएको सांकेतिक विरोध अभियान मंगलबारसम्म चल्नेछ । सो अभियानबाट संकलन भएको रकम बुधबार मुख्यमन्त्रीको ट्रस्टको खातामा जम्मा गरिदिने ढकालले बताए । उनका अनुसार अभियानको पहिलो दिन तीन सय ३० रुपैयाँ संकलन भएको छ । जनताबाट उठाएको करको दुरुपयोग नगरियोस् भनेर विरोधस्वरूप रएक रुपैयाँ संकलन अभियान सुरु गरिएको एमालेका जिल्ला कमिटी सचिवालयका सदस्य सुमन श्रेष्ठले बताए । एमाले गोरखा सचिवालय सदस्य श्रेष्ठ, अनेरास्ववियु जिल्ला सहसंयोजक सुरज श्रेष्ठ, राष्ट्रिय युवा संघ गोरखा नगरपालिका संयोजक लक्ष्मण श्रेष्ठलगायतका नेताहरूले यस्तो अभियान चलाएका हुन् । 

यसैबीच मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलका प्रेस संयोजक भरत कोइरालाले विज्ञप्ति जारी गर्दै सर्वत्र आलोचना भएकाले प्रतिष्ठान र ट्रस्टका नाममा विनियोजन गरिएको बजेट फिर्ता लिने र अन्य काममा खर्च गर्ने गरी प्रदेश सरकारले निर्णय गरेको बताएका छन् । 
 

ad
ad