
दक्षिण अफ्रिकाको एउटा मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु भएको छ। स्थानीय सोबेटो नगरस्थित उक्त मधुशालामा भएको बन्दुक हमलामा अन्य ११ जना घाइते भएका छन्।
शनिबार राति र आइतबार बिहान भएको गोलाबारीमा घाइते भएका ११ जनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरी सुरक्षाकर्मी घटनास्थल पुग्दा १२ जना मारिएका र अन्य दुईजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख इलियास मावेलाले बताए। राजधानीको दक्षिणपूर्वमा पर्ने सोबेटो जोहनेसबर्गको सबैभन्दा ठूलो सहरी क्षेत्र हो। रासस/एएफपी