१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ जेठ ४ शुक्रबार १२:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पर्सामा ३५ प्रतिशत रोपाइँ सकियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:४६:oo

पर्सामा ३५ प्रतिशत धान रोपाइँ सकिएको छ । असार महिना सकिन लाग्दा जिल्लामा ३५ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो ।

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुन्नीलाल प्रसादले असार पहिलो सातादेखि रोपाइँ सुरु भएर ३५ प्रतिशतमा मात्र धान रोपाइँ भएको बताए । विगतका वर्षहरूमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष अलि छिटो भएको उनले बताए । 

धान खेती हुने जग्गामा समयमा रोपाइँ सम्पन्न भएपछि उब्जनीसमेत राम्रो हुने कार्यालय प्रमुख प्रसादले बताए । लगातार पानी परे साउन दोस्रो सातासम्म जिल्लाभरिको सबै रोपाइँ सम्पन्न भइसक्ने उनले बताए । उनका अनुसार पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । 

कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले मलखाद आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङको रहेको बताए । तैपनि किसानले सहज रूपमा मलखाद नपाउँदा यस वर्ष पनि धान उत्पादन ह्रास आउने चिन्ताले किसान पिरोलिन थालेको उनले बताए ।

कृषि ज्ञान केन्द्र पर्साका अनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादनमा धानको उल्लेखनीय भूमिका छ । सबैभन्दा बढी धान उत्पादन मधेस प्रदेशमा हुँदै आएको छ । नेपालमा हुने कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन यस प्रदेशमा हुँदै आएको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।

मधेस प्रदेशमा चैते र बर्खे दुवै मिलाएर वार्षिक १४ लाख १६ हजार पाँच सय ८५ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यस प्रदेशमा चार लाख तीन हजार ६ सय ४९ हेक्टर खेतीयोग्य जग्गा रहेको कृषि ज्ञान केन्द्र पर्साको बाली विकास शाखाले जनाएको छ । शाखाका अनुसार पर्सामा एक लाख ६१ हजार ६ सय ९६ मेट्रिक टन धान उत्पादन भएको छ । पर्सामा प्रतिहेक्टर ४.१९ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको हो ।
 

ad
ad