Skip This
बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १२:o३:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o३:oo

बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी भएको छ ।

मेयरमा रामबहादुर बानियाँ चार हजार चार सय ७७ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले तीन हजार सात सय ७४ मत प्राप्त गरे । 

त्यसैगरी उपमेयरमा एमालेकी माया कुँवरले चार हजार सात सय २७ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रीता शाहीले तीन हजार सात सय ५५ मत प्राप्त गरिन् । 

नगरपालिकाको १० वटा वडामध्ये वडा नम्बर ४, ७ र ८ मा नेपाली कांग्रेसले जितेको छ भने बाँकी वडामा एमालेले जितेको छ ।